रातभर रोए पछि मन हलुका भएको छ
पीडा जति धोए पछि मन हलुका भएको छ
धेरै कुरा भन्नु थियो, सुन्नु थियो
तिमीले छोए पछि मन हलुका भएको छ
रातभर रोए पछि मन हलुका भएको छ
(गजल लेख्न खोजेँ, पूरा भएन, त्यही भएर यसलाई दुई शेरमा सीमित पारेँ , मुक्तकका रूपमा)
-------------------------------
यो मन कति कमलो छ, मनभित्रका मान्छेले जायज कुरा भन्दा पनि दुख्दो रहेछ । यस पटक त्यस्तै भयो । हिजो बेलुकी म आफैलाई सम्झेर, परिस्थितिलाई सम्झेर धेरै बेर रोएँ । स्पाइनल कर्ड इन्जुरीपछि स्वेच्छिक मृत्यूवरण (इथानेसिया) बारे बनेको सिनेमा गुजारिस छैटौँ पटक हेरेँ, अनि रोइरहेँ, आँखालाई बग्न दिए, खुल्ला । रूनुको पनि विशेष अर्थ छ,शायद आँशुले पीडा बगाउँछ । बिहान उठ्दा मन हलुको भयो अनि टबेल बाथ गरेँ ।
असोज ८ गतेको एक्सिडेन्टपछि २०६५ असोज ११ गते टिचिङ अस्पतालको एउटा सिकारू डाक्टरले तीतो शैलीमा "अब तेरो जिन्दगी यस्तै हो, ड्यामेज्ड" भन्निदाँ रोएको थिएँ, धेरै बेर । अनि अप्रेशनपछि एसआईआरसीमा पुग्दा पहिलो रात बिरक्तिएर रोएको थिएँ ।
त्यसपछि आफूले आफैलाई सम्हालेर कर्मक्षेत्रमा फर्किए । चार वर्ष भयो, व्हीलचेयरमै बसेर नियमित काम गरिरहेको छु ।
जीवनलाई जति सुन्दर बनाउन खोज्छु, झन्-झन घिनलाग्दो बन्दै गएछ । यो स्पाइनल कर्ड इन्जुरी त सबैभन्दा ठूलो कु-कर्म/ पाप गर्नेलाई पनि नहोस्, साला जिन्दगी । दिसा-पिसाब थाह हुँदैन । सरसफाइ नगरौँ, फोहरी बसौँ त कसलाई पो मन हुन्छ र?
मैले आफूलाई कमजोर बनाउन खोजेको होइन , न त कमजोरी नै देखाउन खोजेको हो के गर्ने कतिपय परिस्थिति आफ्नो नियन्त्रणबाहिर हुँदो रहेछ । अनि मनको पल्लो कुनामा दुख्छ चसक्क, अर्काको सहारामा बाँच्नुको पनि अर्कै बिडम्बना छन । जुनकुरा शब्दमा व्याख्या गर्न गाह्रो छ ।
हरेक बिहान ८ बजे श्रीमतीले व्हीलचेयरमा ट्रान्फर गराइदिएर जान्छिन, बेलुका एकै पटक ८ बजे बेडमा ट्रान्सफर हुने हो । अनि व्हीलचेयरमै बसेर काम गर्छु । जसले गर्दा साथीभाइ आउँदा लथालिङ्ग अवस्थामा हुन्छु । आफैलाई ग्लानी महसुस हुन्छ, अनि त्यसै आँखा रसाउन थाल्छ........
---------------

No comments:
Post a Comment