हर कथाहरूले पात्र खोज्छन, मेरो कथाको पात्र अमूर्त थियो, अज्ञात थियो, बादलको आकृतिजस्तै, कहिले देखिन्थ्यो
कहिले हराउँथ्यो । अझ भनौँ कथा नै थिएन । कथा हुनलाई कथावस्तु चाहिन्छ, तर कथारहित मेरो
प्रेमकथाका नायक आफैलाई त्यही कथाभित्रै खोज्दै थियो । एक दिन मसँग भयानक रिसायो, यस्तो पनि कथा हुन्छ? खोइ त कथानक?
ऊ भक्कानियो । सहायक पात्रको खोजी गरिरहेको थियो, तर मसँग उसको कथाका
लागि पात्रै थिएन । म पनि पात्रको खोजीमा भौँतारिए .
मेरो खोजीले कुनै अर्थ राखेन । मैले उसका लागि उपयुक्त पात्र भेट्नै सकिन
। ऊ निराश भयो, मलाई हटाइ दे यो कथाबाट
उसले आग्रह गर्यो, अनुननय-विनय गर्यो ।
म उसलाई कथाबाट पनि अलग गर्न सक्दिन थेँ । एक दिन उसको कथा पनि पूरा हुन्छ भन्ने म
विश्वासमा थेँ, आश्वासन दिएँ, पख न एक दिन पात्र
भेट्छु तिम्रा लागि । अनि कथा पूरा गरौँला ।
उसले तँ सक्दैनस भने आफैले खोज्छु भनेर धम्की दियो । मैले हुन्छ सक्छौ भने
खोज भने, तर पनि निरिह थियो, निर्धो थियो ।
ऊ एक दिन दंगदास परेर आयो र भन्यो मैले सम्भाव्य पात्र भेटेँ । तर मैले
कथामा जोड्न सकिन । उप-पात्रले उसलाई स्वीकार गरेन । ऊ अपहेलित भयो, तिरस्कत भयो । कथा त्यसै रोकियो । सोचेँ कुनै दिन फेरि अघि बढ्ला
।
उप पात्रका आफ्नै कथा थिए । आफ्नै आकांक्षाहरू थिए । मूल पात्रसँग त कथानक
नै थिएन । फेरि कथानक खोज्ने यत्न गरेँ । यस पटक उप-पात्र भेटियो, तर कथा भेटिएन, मैले कथालाई मूल
पात्रसँग जोड्न सकिँन । दुवै पात्रहरू फरक-फरक थिए, दुवैका कथाहरू
एकअर्कासँग तालमेल मिलेका थिएनन । यस पटक पात्रसँग म रिसाएँ- ल उप पात्र खोजेँ,
कथा अगाडि बढा, तर उसले कथा अघि बढाउन सकेन ।
फेरि अर्को प्रयत्न गर्यो । यस पटक पनि परिणति उही ।
पात्र अन्यौलमा परेको छ । सपनाहरू धेरै देख्यो, सपना
भनेको केही होइन, फगत अवचेतन मनको दृष्यचित्रमात्र ।
पूरा हुने त कुरै भएनन
। यो जुनीमा कथारहित मेरो कथा यति नै रह्यो, भो
अब नलेख पात्रले भन्यो । म
पनि अन्यौलमा परे, शायद कथा बन्द गर्नु नै उचित हुन्छ
होला ।
मैले भने- अब भाग मूला तेरो काम छैन । मूलपात्र बेतहास दौडियो, आँखा चिम्लेर दौडियो जिन्दगीको दौडमा । पटक-पटक
लड्यो, लडखडाउँदै
उठ्यो फेरि दौडियो र बाटोमा ठोक्कियो कुनै पहरासँग, रूखसँग, अवरोधहरूसँग
एक दिन..............मूल पात्र एक दिन कथानकबाटै हरायो ।
पात्रहरू जो पनि हुन सक्छ, तपाईं, म, ऊ, उनी
। गान्टे, पोक्चे, लुरे, लुरी, मोटु, कान्छा, कान्छी
। सबैका आआफ्ना कथानक छन्
। हरेक पात्र भन्छः मैले जति दुःख कसैले गरेन । आफ्ना कथालाई हरेक पात्रले
बढाइचढाइ गर्छ । कथानक मोडिन्छ, यत्रतत्र
सर्वत्र । अनि पात्र हराउँछ
हलो म्यानजस्तै बेलाबेलामा, फेरिन्छ
बादलजस्तै आकृतिविहिन । कथा कहिल्यै
टुंगिदैन जारी नै रहन्छ, लेखक, कथानक
र पात्रहरू फेरिए पनि ।