कुनै हिन्दी फिल्ममा अमरिस पुरीका डाइलग थियो- डन (डोङ) कभी रङ नही होता ।
नेपालमा विश्व बैंकको करिब ८ अर्ब ऋण र डीएफआइडीको थप वित्तीय सहयोगमा सन्
२००० देखि वित्तीय क्षेत्र सुधार कार्यक्रम (Financial Sector Reform
Program -FS REFORM) सञ्चालन भएको थियो । नेपालका दुई ठूला वाणिज्य बैंकहरू
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको खराब कर्जा (एनपीएल) ६०
प्रतिशतभन्दा बढी भएको, तिनको पुँजीकोष क्षय भइसकेको र समग्र वित्तीय
प्रणाालीमाथि नै जोखिम सिर्जना भइसकेको भन्दै उक्त ऋणमा सुधार कार्यक्रम
सुरू गरिएको थियो । जसको दोस्रो चरणमा राष्ट्र बैंकको रिइन्जिनियरिङ
(अर्थात पुनरसंचरना) सामेल थियो । सुधार कार्यक्रम द इकोनोमिस्टमा सूचना
प्रकासित गरेर आरम्भ भएको थियो । सुधार कार्यक्रम हाँक्नका लागि नेपाल
राष्ट्र बैंकमा छुट्टै महाशाखा नै थियो, जसको नेतृत्व बैंक तथा वित्तीय
संस्था निगमन विभागका कार्यकारी निर्देशकले गर्थे । सुधार
कार्यक्रमअन्तर्गत सुरूमा नेपाल बैंक र रावा बैंकको व्यवस्थापन विदेशीलाई
जिम्मा दिइयो । सुधारका लागि केही मानक (म्याट्रिक्स)हरू तोकिएका थिए ।
जसमा ती दुई बैंकका खराब कर्जालाई एकल अंकमा झार्ने पनि प्रमुख सूचक थियो ।
सन् २००५ सम्म त सुधार कार्यक्रम सही गति (पेस)मा चलिरहेको थियो, तर
त्यसपछि भने सही प्रतिफल दिने गरी सुधार अघि बढ्न सकेन भन्ने कुरा विश्व
बैंक आफैले महसुस गर्न थाल्यो र अान्तरिक पत्राचारबाट यस कुराप्रति नेपाल
राष्ट्र बैंकसमक्ष असन्तुष्टि जनाउने, दबाब दिनेलगायतका कार्य गर्न थाल्यो ।
खराब ऋणीलाई कारबाहीका लागि नेपाल सरकारलाई नै पत्राचार गरेर दबाब दियो,
जुन कुरा सर्वभौम सम्पन्न राष्ट्रमाथि खुल्ला हस्तक्षेप भयो भनेर संसदको
सार्वजनिक लेखा समितिमा समेत कुरा उठ्यो ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम सही बाटोबाट नहिडेको, तोकिएका म्याट्रिक्सहरू पूरा नभएको, विफलताको बाटोमा अगाडि बढेको भन्ने लगायतका यावत मुद्दाहरूमा मैले २००६ देखि नै नेपाल समाचारपत्रमा र त्यसपछि राजधानीमा लगातार समाचारहरू सम्प्रेषण गरिरहेँ । त्यसपछि २००९ देखि २०११ सम्म अन्नपूर्ण पोस्ट, गोरखापत्र, दैनिकी.कम र कारोबार दैनिकमा यस विषयमा लेख र विश्लेषणहरू पनि लेखेँ । FS REFORM फेल भएका विषयमा कलम चलाउने एक्लो पत्रकारका रूपमा दरिएँ । (उक्त विषयमा कलम चलाए बापत केही व्यक्तिले समाचारपत्रबाट मेरो जागिर खाइदिने चेस्टासमेत गर्नु भएको थियो, तर प्रधानसम्पादक पुस्करलाल श्रेष्ठ मेरो पक्षमा हुनुहुन्थ्यो) ।
सन् २०११ मा अवधि सकिएपछि भने केही आर्थिक पत्रकार मित्रहरूले स्वयं FS REFORM विफल भएको स्वीकार्नु भयो (जो विगतमा FS REFORMका पक्षमा धुरन्धर हुनुहुन्थो), विश्व बैंक स्वयंले FS REFORM लाई विफल परियोजनाका कोटीमा राख्यो । अहिले त्यतिखेरका विफलताका, भ्रष्टाचारका समाचारहरू फेरि देखिन थालेका छन् । आजै नागरिकले FS REFORM मा भएको भ्रष्टाचारका मुद्दा उठाएको छ ।
त्यही भएर मलाई भन्न मन लाग्यो- डोङ कभी रङ नही होता । ( म सत्य थिएँ, सही विषयमा एक्लैले भए पनि कलम चलाएको थिएँ, कसैले नराम्रो भने पनि आखिर सत्य एक दिन प्रमाणित भएरै छाड्छ)