पुसको दिन थियो, बाहिर सिमसिम पानी परिरहेको थियो । अफिस, भीमसेनस्थन पुग्नु पर्ने, न्यूरोड हनुमानढोकाभन्दा तल । एक त अत्यन्तै थोरै तलब, त्यसमाथि तीन महिना भएको थियो, नपाएको । तलब माग्न गयो, लेखापालले छैन भन्दै फर्काउँथ्यो । तलब पाइहाले पनि किस्ताबन्दीमा । यस्तो लाग्थ्यो, जिन्दगी नै मानौ किस्ताबन्दीमा चलिरहेको छ । बिहे गर्ने बेलामा सरसापट ऋण गरेर लिएको रकम तलब हात पर्नासाथ बुझाउनु पर्थ्यो, अनि त हात लाग्यो शून्यसरह नै हुन्थ्यो महिनाभर ।
बानेश्वरबाट न्यूरोडसम्म चल्ने ब्रिकम ट्याम्पुमा भाडा ५ रूपैयाँ थियो, त्यो तिर्ने पैसासमेत गोजीमा हुँदैन थियो । अनि बानेश्वरबाट हनुमानस्थान हुदै पुतलीसडक, बागबजार हुँदै एक घण्टामा अफिस पुग्थेँ । बाहिर पानी परिरहेको थियो (जनवरी वर्षा), छाता बोकी हाल्ने अवस्थाचाहिँ थिएन । सिमसिमे पानीमा रूझ्दै अफिस पुगेँ, चिसोले समाइ त गयो । बेलुका घर फर्कँदा हनहनी ज्वरो आयो । उनले पानी तताएर त दिइन, तर त्यसले काम गरेन । सिटामोल नखाइ नहुने अवस्था आयो, पर्स हेरेँ खाली थियो । विभिन्न व्यवसायीहरूको भिजिटिङ कार्डहरूमात्र खाँदेर मोटो भएको रहेछ, खुइय गरेर फालेँ ।
"तिमीसँग ५ रूपैयाँ छ?" बुढीलाई सोधेँ
"छैन, कहाँबाट हुनु," उने भनिन ।
"हेर न कतै छ कि?" बिहेमा दाइजोमा आएको सुटकेश खोलखाल गरेर टक्टक्याउँदा पनि ५ रूपैयाँ निस्केन ।
"होस, केही भा छैन । जाबो ज्वरो हो ठीक भइहाल्छ, बरू मलाई बेसार पानी तताइ देउ", मैले उनलाई आग्रह गरेँ
स्टोभमा झ्वाराररर करायो,
'हरे एउटा ग्याससमेत किन्न सकेको छुइन, भरखर बिहे गरेर ल्याएकी श्रीमती के भन्दिहुन्', मनमनै सोचेँ ।
"पानी तात्यो, जाउली बनाइदिउँ", उनले भनिन
"पर्दैन, खान मन छैन, तिमी खाना खाएर सुत।"
उनले खाना खाइन कि खाइनन याद भएन
ज्वरो बढ्दै थियो, सिरक गम्लङ् ओढेर सुतेँ । एकैछिनपछि डङडङ काम छुट्न थाल्यो । उनले अंगालो मारिन, अँधेरोमा गाला छामे चिसो थियो, शायद आँखा रसाएका थिए ।
"कसैले पनि पत्रकारसँग त बिहे नगरून् । म भोलि गएर मेरा छोरी भए भने मेरा शाखासन्तान कसैलाई पत्रकारसँग बिहे गर्न दिन्न", उनले दुःखेसो गरिन् ।
बूढीलाई हँसाउने शैलीमा भने "बुढी, दाम नभएर के भो, नाम त छ नि । आर्थिक पत्रकार हु, करोडपतिहरू सँग उठबस छ, करोडपतिहरूले चिन्छन्, म पनि त करोडपति नै हुँ नि, तर क चाहिँ मेट्नु पर्छ ।"
उनी हाँसिन कि हाँसिनन, अँधेरोमा देखिन। म भने ज्वरोले झन झन चापेर बोल्नै नसक्ने अवस्थामा पुगिसकेको थिएँ ।
(यो २०५९ सालको घटना हो)